November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

निकेश राईको ‘लाहुरे माइला’ सार्वजनिक

4.1K

काठमाडौं । गायक तथा संगीतकार निकेश राईको ‘लाहुरे माइला’ बोलको गीत सार्वजनिक भएको छ । मकालु–१, वालुङ, संखुवासभामा जन्मिएका राई नेपाली गीत संगीतमा परिचित नाम हो । उनले हालसम्म सय जति गीतमा स्वर दिइसकेका छन् भने हालसम्म तीन यसको हाराहारीमा संगीत भरिसकेका छन् ।

उनको नयाँ गीत अशोक मुकारुङ र सुनीता सङ्यकको युगल आवाज रहेको ‘लाहुरे माइला’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा सङ्गीत निकेश राईको रहेको छ । ‘लाहुरे माइला’ पूर्वेली लोकलयमा आधारित गीत हो ।

गीतको भिडियो अफिसियल युट्युब च्यानल निकेश राईमार्फत सार्वजनिक भएको छ । राजु कार्कीको एरेन्ज रहेको गीतको रेकर्डिङ, मिक्सिङ सेवा रेकर्डिङ स्टुडियोमा गरिएको हो । भिडियोमा छायाङ्कन किरण राई र सुरेश राई तथा सम्पादन नवीन घर्ती मगरले गरेका छन् । भिडियोको परिकल्पना पनि निकेस राईकै रहेको छ ।

Advertisement

भिडियो निकेश राई युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।