May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

सेमिहाङ सिंगकको ‘हिउँ बोकेर’

835


काठमाडौं । सेमिहाङ सिंगक स्वर तथा संगीत रहेकोे ‘हिउँ बोकेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सो गीतमा हाङ्पाल आङ्बुहाङको शब्द, राजु कार्कीको संगीत संयोजन रहेको छ । त्यस्तै स्वरमा सेमिहाङलाई दिपा लामाले साथ दिएकी छन् ।

सेमिहाङ सिंगक क्रियशनको प्रस्तुतिमा तयार भएको उक्त भिडियोमा गरिमा शर्मा र क्रिश गुरुङलाई फिचरिङ गरिएको छ । भिडियोको निर्देशन तथा छायांकन तुम्बाहाम्फेले गरेका छने भने सम्पादन अनिल राना र कोरियोग्राफी सुबोल थापाले गरेका छन् ।

भिडियो सेमिहाङ क्रियशन युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

Advertisement