November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

शान्तिराम खरेल र सुनिता केदेमको आवाजमा पाःलाम ‘खेदा-५’

2.7K

काठमाडौं । पाःलाम खेदा सार्वजनिक भएको छ । प्रथम अन्तराष्ट्रिय अनलाइन पाःलाम प्रतियोगिताका टप शान्तिराम खरेलको लय, संकलन र स्वरमा रहेको ‘खेदा-५’ सार्वजनिक भएको हो । खरलेलाई सुनिता केदेमले साथ दिएकी छन् ।

रुबुशा क्रियटिभ वर्कसले निर्माण गरेका उक्त पाःलाममा चर्चित गायक गायिका भीम लिम्बु, दिवस पयाँगू, दिपा सुहाङ्, रानी चोङ्बाङ, रोजिना थेगिम्, तारा थेबे, खुशी थुलुङ, रुकमान लिम्बुलगायतको पनि स्वर रहेको छ । ‘खेदा–५’ शीर्षक दिइएको उक्त पालामको संगीत संयोजन अशोक लोहरुङ राईले गरेका हुन् ।

यस पालामको भिडियोमा रुकमान लिम्बु, भीम लिम्बु, पुर्ण सेत्लिङ्, शिब कुमार सम्म्बाहाङ्फे, दिवस पयाङ्गु, मनु थक्लुङ लिम्बु, अभिषेक केरुङ्, कृष्ण राज नेम्बाङ्, राजन नेम्बाङ्, जीवन केदेम, शान्तिराम खरेल, आशिष लिम्बू, रानी चोङ्बाङ, सुनिता केदेम, दीपा सुहाङ, तारा थेबे, इन्दिरा चोङ्बाङ, बत्तिमाया लिम्बू, रेश्मा लिम्बू, खुशी थुलुङ, शान्ती निङ्लेकु, रानी चोङबाङलगायतका कलाकारको अभिनय रहेको छ ।

Advertisement

यस भिडियोका लागि पोस्ट प्रोडक्सन रुबुशा कृएटिभ वर्क्स प्रा.लिको रहेको छ भने यस भिडियोलाई लोकेन साँबा लिम्बूले निर्देशन गरेका हुन् ।