सिड्नी । नयाँ वर्ष २०७९ को अवसरमा सुदुरपश्चिम अस्ट्रेलिया समाजले विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्ने भएको छ । आज १६ तारिख स्थानीय समयअनुसार दिनको ४ बजे मराना अडिटोरीयम हस्र्टभिल ईन्टरटेनमेन्ट सेन्टरको सभाहलमा नेपाली चर्चित कलाकारहरुको साथमा कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा नेपाली चर्चित कलाकारहरु शिव परियार, मिलन नेवार, ज्योति मगर,चक्र बम, त्रिशना गुरुङ, डिल्ली फोम्बो लगायतले प्रस्तुती दिनेछन् ।

अस्ट्रेलियास्थित विभिन्न नेपाली व्यवसायीहरुले प्रायोजन गरेको उक्त कार्यक्रमको उद्घाटन हस्र्टभिल र वेकाउन्सिल मेयरहरुले गर्नेछन् ।
२ वर्षदेखि कोरोना भाईरस सक्रंमणका कारण कार्यक्रम गर्न नसकेकोमा यस वर्ष भने विशेष धमाका कार्यक्रमको आयोजना गरिएको सुुदुरपश्चिम अस्ट्रेलिया समाजका अध्यक्ष मोहन देव भट्टले जानकारी दिए ।
पूर्व मेची देखि पश्चिम महाकालीसम्मका नेपाली कलाकारहरुले उक्त कार्यक्रममा मनोरञ्जन एवम् सागींतिक प्रस्तुती दिने उनले बताए ।