May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

पुर्वेली जनजीवन समेटिएको ‘सिटी सफारी’

२०७८ फाल्गुन २०

780

धरान । पूर्वेली लोकलयमा आधारित गीत ‘सिटी सफारी’ सार्वजनिक भएको छ । अनुकला राईको रचना रहेको उक्त गीतको संगीत सन्जय तुम्बाहाङ्फेले भरेका छन् भने आवाज सुनिता सङ्यक लिम्बु र पेपराज माबुहाङको रहेको छ भने

स्टुडियो किङ्समा रेकर्ड गरिएको सो गीतमा रेकर्डिङ सहयोग सुरेश राई र मनोज सामसोङ साथै गीतको एरेन्जमा राजु कार्कीले सहयोग गरेका छन् ।

गीतमा पुर्वेली लोक संस्कृति, किराँती जनजीवन(राई/लिम्बू) लाई चित्रण गर्नुका साथै श्रमजीवीहरुको हातमुख जोड्ने भरपर्दो यातायात साधन सिटी सफारीको महिमा तथा महत्वलाई जोड्न खोजिएको छ ।

Advertisement

उक्त गीतको भिडियोलाई पुर्वेली लोकजीवन र रहनसहनलाई मायाप्रेमसँग फ्युजन गरेर प्रस्तुत गरिएको छ । भिडियोलाई रङ्गकर्मी हरि इवाहाङ लिम्बुले निर्देशन गरेका छन् ।

सिटी सफारी गीतमा मुख्य अभिनय सुशील चेम्जोङ र सविता याक्खाको रहेको छ । त्यस्तै अभिनयमा सागर चेम्जोङ, कमल चेम्जोङ (याक्थुम्बा कान्छा) बादल चेम्जोङ, सुरेन हाङ्गाम लिम्बु, सुप्रिया राई, मौसमी मगर, एसिका राई, युवराज राई, इन्द्र राई, सविना कुरुबाङले पनि साथ दिएका छन् ।

गीत तथा भिडियोलाई सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन् भने सुनिल पान्डेले छायांकन गरेका छन् ।

भिडियो भिजुअल आर्टसको अफिसियल युट्युब च्यानलबाट आज सार्वजनिक भएको छ ।