November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रुक्साना लिम्बुको ‘सानै छु म’ सार्वजनिक

२०७८ फाल्गुन १४

6.9K

काठमाडौं । रुक्साना लिम्बुको आवाज रहेको ‘सानै छु म’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो महेश खड्काको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

ए प्लस म्युजिक स्टुडियोमा रेकर्ड गरिएको सो गीतमा महेश खड्काको शब्द/संगीत र महाराज थापाको सम्पादन रहेको छ ।

‘सानै छु म’ को भिडियोलाई मिनाक्क्षी कोइरालाले निर्देशन गरेकी छन् भने रुक्साना, निमेश, सुभम्, प्राप्ती, खुशी, आरभ र सिद्धार्थलाई फिचरिङ गरिएको छ ।

Advertisement

यसअघि महेश खड्काकै शब्द/संगीतमा रुक्साना लिम्बु र प्रमोद खरेलले गाएको ‘नोगेन’ बोलका गीत एक नम्बर ट्रेन्डिङमा पर्न सफल भएको थियो । सो गीतले अहिलेसम्म झण्डै ५० लाख दर्शक पाइसकेको छ ।

‘दि भोइस अफ किड्स सिजन वान’ का फाइनलिस्ट रुक्साना लिम्बुको एक पछि अर्को गर्दै गीतहरु आइरहेका छन् । विभिन्न कार्यक्रम तथा गीत रेकर्डिङमा व्यस्त रहेकी उनको नोगेन, उड्नु छ, चोरी भो, सम्झि राख है, सेल्फि चिनौं न, मेरी आमा लगायत थुप्रै गीतहरु आइसकेका छन् ।