काठमाडौं । गायिका शशी किरातीको नयाँ गीत ‘हातैको रुमाल’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका, माङ्तेवाकी गायिका शशी किराती मोफसलमै रहेर विगत दुई वर्षदेखि नेपाली गीत–सङ्गीतका क्षेत्रमा निरन्तर सक्रिय छिन् । छोटै अवधिमा उनका दुई दर्जनभन्दा बढी गीतहरू रेकर्ड भएका छन् । ‘हातैमा रुमाल’ पूर्वेली लोकलयमा आधारित गीत हो । गीत सुमधुर छ । यस युगल गीतमा गीतकार तथा गायक जीवन मुकारुङले शशीलाई साथ दिएका छन् ।
गीतको भिडियो अफिसियल युटुब च्यानल ‘शशी किराती’मार्फत् सार्वजनिक भएको छ । गीतमा शब्द तथा सङ्गीत जीवन मुकारुङको रहेको छ भने एरेन्ज पदमरजन मगरले गरेका हुन् । रेकर्डिङ, मिक्सिङ र मास्टरिङ सेवा रेकर्डिङ स्टुडियोमा गरिएको हो ।
भिडियोलाई योगेन मुकारुङले खिचेका हुन् भने जीवन मुकारुङले सम्पादन गरेका छन् ।
https://youtu.be/IZgTfrRXsvw