पान्थर । लिम्बु भाषाको गीत ‘मिक्किफुङ्’ को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायांकन भएको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका हुन् ।
याक्थुङ फिल्म्सद्वारा निर्माण भएको गीतमा शब्द सागर केरुङ, संगीत प्रेम पन्धाक, स्वर डिआर हाङ्सरुम्बा, छायांकन सञ्जय आचार्य, प्रकाश ब्यवस्थापन टिराम अधिकारी र शृङ्गार अमृता जबेगुको रहेको छ ।

भिडियोमा नुनाम केरुङ, अमृता जबेगु, रामचन्द्र नेम्बाङ लगायतले अभिनय गरेका छन् । उक्त गीत एकदशक अगाडि ‘नादङ’ एल्बमद्वारा डिआर हाङ्सरुम्बाले ल्याएका थिए ।
भिडियो याक्थुङ फिल्म्स् युटुब चानलद्वारा सार्वजनिक हुने निर्देशक सागर केरुङले बताए ।