काठमाडौं । मेचु धिमालको आवाजमा रहेको ‘मेरो संसार’ बोलको गीतको भिडियोको छयांकन सम्पन्न भएको छ । उक्त भिडियोलाई हाङ चेम्जोङले निर्देशन गरेका छन् ।
उक्त गीतको शब्द तथा संगीत बबिम विक्रम अधिकारीको रहेको छ ।
इशाक जवेगुको छयांकन तथा सम्पादन, सञ्जु थलङको शृंगार रहेको सो गीतको भिडियोमा मेचु धिमाललाई नै फिचरिङ गरिएको छ । भिडियो उपत्यका भित्रका रमणिय स्थानहरुमा छायांकन गरिएको छ ।
भिडियो चाँडै नै मेचु धिमाल युट्युवबाट सार्वजनिक हुने निर्देशक चेम्जोङले जानकारी दिए ।