November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

११ वर्षीय सफलता श्रेष्ठलाई अवार्ड प्राप्त

2.5K

काठमाडौं । सफलता श्रेष्ठको स्वर रहेको ‘म हुँ नेपाली’ राष्ट्रिय भावको गीतले अवार्ड जित्न सफल भएको छ । मंगलबार राजधानीमा सम्पन्न विमेन्स एरा मिडिया ग्रुप नेपालको आयोजनामा ‘दोस्रो हिमालयन इन्टरनेशनल अवार्ड २०७८’ अवार्ड सफलताले आफ्नो पक्षमा पार्न सफलता भएकी हुन् ।

११ वर्षीया सफलता विश्वकीर्तिमानी गायक तथा संगीतकार सन्तोष श्रेष्ठकी छोरी हुन् ।

सन्तोष श्रेष्ठको शब्द सृजना र संगीत रहेको ‘म हुँ नेपाली’ सफलताको स्वर रहेको गीत केही समय पहिले सार्वजनिक भएको थियो ।

Advertisement

‘म हुँ नेपाली’ सफलता श्रेष्ठको पहिलो गीत हो भने सो गीतको भिडियोमा उनको अभिनय समेत रहेको छ ।