November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सागर केरुङद्धारा निर्देशित सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

2.9K

काठमाडौं । लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा बिएम थेगिमको शब्द/लय संकलन, मनि ताम्लिङ र जीतु मुरिङ्लाको स्वर रहेको छ ।

बिनय मुरिङ्लाको छायांकन रहेको उक्त पाःलामको भिडियोलाई सागर केरुङ्ले निर्देशन गरेका हुन् । भिडियो सिक्किमस्थित मार्ताम, रेसिवाधाम, हिगाउँ लगायत रमणीयस्थलमा गरिएको हो ।

भिडियोमा मोनि कुमार ताम्लिङ, जीतु मुरिङ्ला, सोना सावादेन, मुनाहाङ लिम्बू, सनमाया हेम्ब्या, गंगा केरुङ, बसन्ती इजम, अमृता खाम्दाक, एसबि चोङ, आइतहाङ मुरिङ्ला, खड्गसिङ इजम, टिबि लिम्बू, एल सुब्बा, मनमाया सावदेन, आइतहाङ पाराङ्देन, सुचिता मुरिङ्ला, सुकमाया माङ्मु, सुनुहाङ्मा लिबाङ, सुकुम यङ्वागो, कविता यङ्वागो, सचिका यङ्वागु, आइतरानी यङ्वागु, पुर्णिमा यङ्वागु, बिएम लिम्बू, बुद्दहाङ यङ्वागु, लक्ष्मण थेगिम, केस लिम्बू, मंगल लिम्बु लगायतले अभिनय गरेका छन ।

Advertisement

भिडियो ओपेरा इन्टरटेन्मेन्ट युटुव च्यानलद्वारा सार्वजनिक हुनेछ ।