धरान । धरानमा याक्थुङ चलचित्रकर्मी संघको स्थापना भएको छ । बगरकोटस्थित लोक दोहोरी साँझ बगरकोटमा सम्पन्न भेलाबाट याक्थुङ चलचित्रकर्मी संघ प्रदेश नं. १ को समिति गठन भएको हो ।
नवीन मेन्याङ्बोको अध्यक्षतामा गठन भएको उक्त समितिको वरिष्ठ उपाध्यक्ष हस्त लिवाङ, उपाध्यक्ष दिलु सुब्बा, मिना सिंगक, प्रकाश सुब्बा, सचिव सागर लिम्बू सिङगल, सहसचिव हरि इङ्वाहाङ, कोषाध्यक्ष तेज मेन्याङ्बो, सह–कोषाध्यक्ष संगीता लावती छन् ।
त्यसैगरी सदस्यहरूमा रेखा फागो, छत्र आङ्बुहाङ, प्रकाश लिम्बू, यम लिम्बू, इन्द्रकुमार लिम्बू, सानुराजा थेगिम रहेका छन् ।
४ महिना अगाडि नरप्रसाद लिम्बूको संयोजकत्वमा भेला आयोजक समितिको निर्माण भएको थियो । भेला आयोजक समितिको संयोजक नरप्रसाद लुम्फुङ्वाको सभापतित्व र किरात याक्थुङ चुम्लुङ सुनसरी जिल्ला अध्यक्ष मोहन हुक्पाचोङ्बाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा नेपाल चलचित्र विकास बोर्ड, आदिवासी जनजाति मातृभाषा चलचित्र प्रवद्र्धन समितिका सदस्य सागर केरुङ, याक्थुङ मुनचइत चोक सङ्जुम्भोका अध्यक्ष सुर्यप्रकास चेम्जोङ्ले पनि नवगठित याक्थुङ चलचित्रकर्मीहरूको संगठनको सफलताको शुभकामना मन्तव्य प्रकट गरेका थिए ।
प्रेम सुब्बाको संयोजकत्वमा सागर केरुङ र किशोर सम्बाहाम्फे सदस्य रहेको अध्यक्ष मण्डलले हलबाट प्राप्त इच्छुकहरूको नाउँको आधारमा नवीन मेन्याङ्बोको अध्यक्षतामा तदर्थ समितिको निर्माण भएको हो ।
तदर्थ समितिले आगामी ६ महिनाभित्र संस्थाको विधान तयार गर्ने, प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा दर्ता गर्ने र दर्ता भएको ६ महिनाभित्र विधान अनुसार पहिलो अधिवेशन गर्ने म्याण्डेट पाएको छ ।
संघले लिम्बू भाषा लगायत नेपाली र अन्य भाषामा बनेको लिम्बू याक्थुङ कलाकार लगायत निर्माता, निर्देशक, प्राविधिक आदि समेतलाई समेट्ने योजना रहेको नवनिर्वाचित अध्यक्ष मेन्याङ्बोले बताएका छन् ।