November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नाजिर र एलिशा अभिनीत ‘चरा’ सार्वजनिक

5.4K

‘चरा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोलाई शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि सार्वजनिक गरिएको हो ।

साहित्यकार राजन मुकारुङको शब्द/संगीत रहेको उक्त गीतमा सीता सिंघक र राजेश पायल राईले आवाज भरेका छन् ।

भिडियोमा नाजिर हुसेन र एलिशा राईको अभिनय रहेको छ भने निर्देशन पवित्रा राईले गरेकी छन् ।

Advertisement

हङकङ निवासी बरध्वज ओख्राबो र अस्ट्रेलिया निवासी सुष्मा राईको संयुक्त निर्माणमा बनेको उक्त भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

भिडियो फेदापहाङ्मा युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।