January 18, 2022, Tuesday
२०७८ माघ ४
1:37:26 pm

‘कहिले घाम कहिले पानी’ सार्वजनिक

360

कठमाडौं । पछिल्लो समय चलचित्र निर्देशक मदन घिमिरे भिडियो निर्देशनमा ब्यस्त रहेका छन् । उनले एकपछि अर्को म्युजिक भिडियो सार्वजनिक गर्ने क्रममा आज मंगलबार ‘कहिले घाम कहिले पानी’ बोलको भिडियो सार्वजनिक गरेका छन् ।

ओ.एस.आर. डिजिटलबाट आज सार्वजनिक गीतका रचनाकार पनि स्वयं निर्देशक घिमिरे नै हुन्न् । ‘कहिले घाम कहिले पानी’ बोलको गीतमा प्रविशा अधीकारी र किरण भुजेलको स्वर रहेको छ भने मनोज मालेको संगीत संयोजन रहेको छ ।

भिडियोमा नायक शितल केसी र पुष्पा लिम्बुले अभिनय गरेका छ् । यसमा रामेस्वर हुमागाइको छायांकन, प्रेमशर्मा पौडेलको सम्पादन रहेको छ ।

Advertisement