December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

यश कुमारको निर्देशनमा पल शाहको अभिनय

715

काठमाडौं । गायक तथा नायक यश कुमारले नयाँ चलचित्रको निर्देशन गर्ने भएका छन् । उनले यसअघि नै चलचित्र ‘छिरिङ’ बाट निर्देशनमा डेब्यू गरेका हुन् । जानकारी अनुसार यशले नयाँ चलचित्रमा नायक पल शाहलाई निर्देशन गर्न लागेका हुन् । बिहीवार पलले करण सिंहले निर्माण गर्न लागेको एक अनटाइटल प्रोजेक्ट साइन गरेका थिए ।

निर्माण टिमले चलचित्रमा पल अनुबन्ध भएको जानकारी गराए पनि निर्देशकको नाम लुकाएको थियो । प्राप्त जानकारी अनुसार, उक्त चलचित्रलाई यश कुमारले निर्देशन गर्नेछन् । अहिलेसम्म चलचित्रमा पलबाहेक अरु कलाकार फाइनल भएका छैनन् । चलचित्रका लागि नायिकासँगै अन्य कलाकारको छनोट कार्य भइरहेको निर्माता सिंहले जानकारी दिएका छन् ।

चलचित्रमा मुख्य नायिकाका लागि अहिले निर्माण टिमले दुई नायिका उपासना सिंह ठकुरी र मलिका महतसँग कुराकानी गरिरहेको जानकारी प्राप्त भएको छ । स्रोतका अनुसार, उपासना चलचित्र गर्न सकारात्मक देखिएकी छन् ।

Advertisement

आर.के.एस. इन्टरटेन्टमेन्टको व्यानरमा बन्ने चलचित्रको कथा सिंहकै छ भने पटकथा अभिमन्यु निरवीको रहनेछ ।