January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

एसएसपी चन्द्रकुबेर खापुङको रचनामा नयाँ गीत सार्वजनिक

२०७८ कार्तिक ३०

575

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरिक्षक चन्द्रकुबेर खापुङ गीतकार पनि हुन् । उनीद्वारा रचित ‘तिमीबिनाको जिन्दगी’ बोलको गीत म्यूजिक भिडियोमा सार्वजनिक भएको छ । आरके बुढाद्वारा स्वरवद्ध गीतलाई आलोक श्रीले संगीत भरेका हुन् ।


भिडियोमा दिव्यानी ओली र देवेन्द्र कुँवरले अभिनय गरेका छन् । त्यसैगरी अनिमेष जोर्डन र सरिता मगरको श्रृङ्गार, करण शिशिरको छायांकन, राजकुमार मगरको सम्पादन रहेको भिडियोलाई विनोद गिरीले निर्देशन गरेका हुन् ।


भिडियो आरके बुद्ध च्यानलमार्फत हेर्न र सुन्न सकिन्छ ।

Advertisement