January 24, 2022, Monday
२०७८ माघ १०
1:37:26 pm

‘हामीले देख्ने घाम जून’ म्युजिक भिडियो सार्वजनिक

२०७८ कार्तिक २६

385

काठमाडौं । कवि पुष्पहाङ लोवाको अभिनय रहेको ‘’हामीले देख्ने घाम जून’ घाम जून’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोवालाई अभिनयमा दिव्या आङ्ला लिम्बु र जयकुमार वान्तावाले साथ दिएका छन् ।

सिरेन वान्तावाको शब्द, पारस मुकारुङको संगीत रहेको उक्त गीतमा राजेश पायल राईको आवाज रहेको छ भने संगीत संयोजन अशोक लोहोरुङको रहेको छ ।

भिडियोको निर्देशन तथा छायांकन निरन साम्पाङले गरेका छन् भने सम्पादन पृथ्विराज वाम्बुलेले गरेका छन् । त्यसैगरी श्रीङ्गार मन्जु लिवाङको रहेको छ ।

Advertisement

भर्सन स्टुडियोमा रेकर्ड गरिएको सो गीतको म्युजिक भिडियो चिन्डो क्रियशन युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।