January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

पाःलाम निङ्वासुम भाग–५ को छायांकन सम्पन्न

२०७८ कार्तिक २६

810

काठमाडौं । रीता फोम्भो ठूलीको शब्द तथा लय रहेको पाःलाम ‘निङ्वासुम भाग–५’ को छायांकन सम्पन्न भएको छ । पाःलाममा मनु नेम्बाङ, सुमन लिम्बु र जीवन केदेमको स्वर रहेको छ ।

तेह्रथुमको विभिन्न पर्यटकीय तथा रमणीय क्षेत्रमा छायांकन गरिएको उक्त पाःलामको भिडियोलाई निर्देशनक हाङ चेम्जोङले निर्देशन गरेका छन् । त्यसैगरी छायांकनमा देवराज सिग्देल, श्रीङ्गारमा सोम मग्राती, ड्रोनमा नगिन धिमाल र यातायातमा ओजाहाङ चेम्जोङ लिम्बु रहेका छन् ।

भिडियोमा रीता फोम्भो ठूली, पुष्पाञ्जली तिल्लिङ, सुमन लिम्बु, जीवन केदेम, तुलसी कन्दङ्वा, गंगा कन्दङ्वा, धनकुमार कन्दङ्वा, गीता कन्दङ्वा, लक्ष्मी कन्दङ्वा, संगीता कन्दङ्वा, बालकुमार कन्दङ्वा, हर्क बहादुर कन्दङ्वा, लिला कन्दङ्वा, चन्द्रकुमार कन्दङ्वा, मनकुमार कन्दङ्वा लगायतको अभिनय रहेको छ ।

Advertisement

‘निङ्वासुम’ पाःलाममार्फत विगतका ती यादगार दिनहरुलाई जीवित बनाउने प्रयास गरेका रीता फोम्भो ठूली बताउछिन् ।

निर्देशक हाङ चेम्जोङका अनुसार उक्त पाःलामको भिडियो रीता फोम्भो ठूलीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिने छ ।