April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

माधव नेपालको दाबी : ओलीले फुर्ति नलाए हुन्छ, सबैतिर हाम्रै बहुमत छ

305

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतम  पनि आफ्नो पक्षमा आउन लागेको बताएका छन्।

काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीमा पनि हामी बहुमतमा छौँ। वामदेव गौतम पनि हाम्रो पक्षमा आउँदै हुनुहुन्छ।’ उनले पार्टीलाई यहाँसम्म आफूले ल्याएको हुनाले ओलीको फुर्तिले अर्थ नलाग्ने बताए। 

‘पार्टीलाई हामीले यहाँसम्म ल्याएका हौँ। कसैले प्रधानमन्त्रीको फुर्ती लगाउन भने, नवौँ महाधिवेशनमा जालझेल गरेर जितेको फुर्ति लगाउन भने त्यसको अर्थ छैन। संगठनको हिसाबले पनि हामीहरू कमजोर छैनौँ’ उनले भने। 

पार्टीभित्र केपी ओलीले गुटबन्दी गरेको कारणले पार्टीभित्र अहिलेको परिस्थिती सिर्जना भएको बताए। पार्टीभित्र  विधि पद्धति र सिद्धान्तको आधारमा चल्नुपर्ने बताए। ‘कामको सही मूल्यांकन गरेर सबैलाई समान व्यवहारले गर्नुपर्छ। कसैलाई काखा कसैलाई पाखा गर्न मिल्दैन’ उनले भने। 

ओलीले कानुनी रूपले पार्टी कब्जा गरेको भए पनि आधिकारिक एमाले आफूहरू भएको दाबी गरे।​ ‘हामी यसैलाई आधिकारिक मान्छौँ। कानुनले दिएन भने बेग्लै उपाय खोजौंला। ओलीले कानुनी रूपमा पार्टी कब्जा गर्न खोजेका मात्रै हुन्’ उनले भने।