November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

‘पृथ्वी पुरस्कार’ प्रा.डा. सुरेन्द्र केसीलाई

2.6K

लन्डन । श्री ५ पृथ्वीनारायण शाहको ३००औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बेलायतमा राष्ट्रवादी नेपाली संगठनले ‘पृथ्वी पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ । संगठनले एक लाख राशिको उक्त पुरस्कार नेपालका राजनीतिक विश्लेषक प्रा.डा.सुरेन्द्र केसीलाई प्रदान गरेको हो ।

गत आइतबार काठमाडौंस्थित होटेल एल्लो पगोडामा आयोजित एक समारोहबीच संगठनका अध्यक्ष भरत क्षेत्रीले डा. केसीलाई उक्त राशीको ‘पृथ्वी पुरस्कार’ प्रदान गरिएको हो । पुरस्कार नेपाल प्रज्ञा– प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको बाहुलीबाट प्रदान गरिएका थियो ।

सगंठनले गत ११ जनवरीमा लन्डनमा ३००औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा केसीलाई पृथ्वी पुरस्कार दिने घोषणा गरेको थियो ।

Advertisement