June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

बेलायतमा ओमिक्रोन भाइरसका कारण संकटमा परेका व्यवसायका लागि राहत घोषणा

2.1K

लन्डन । बेलायतमा विगत केही दिनयता सङ्क्रमण दर महामारीयताकै उच्च रहँदै आएको छ । बेलायतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड १४ लाख ५३ हजार १२१ पुगेको छ ।

बेलायतमा लगातार ९० हजार भन्दा बढी सङ्क्रमित हुने गरेका छन् । पछिल्लो २४ घण्टामा पनि थप ९० हजार ६२९ जना सङ्क्रमित भएका छन् भने अघिल्लो दिन ९१ हजार भन्दा बढी सङ्क्रमित भएका थिए ।

सङ्क्रमणका कारण सरकारले ठुला जमघटलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ । सङ्क्रमण नियन्त्रणका लागि लकडाउन गर्न सरकारलाई दबाब आएपनि हालसम्म कुनै ठोस निर्णय भने भइसकेको छैन ।

Advertisement

ओमिक्रोन सङ्क्रमण तीव्र रूपमा फैलिएपछि बेलायतमा विशेषगरी हस्पिटालिटी क्षेत्रका व्यवसायहरू होटल, रेष्टुरेन्ट तथा पबहरू बढी प्रभावित बनेका छन् ।

त्यस्तै, कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’का कारण संकटमा परेका व्यवसायका लागि बेलायत सरकारले एक बिलियन पाउण्ड सहयोगको घोषणा गरेको छ । बेलायती अर्थमन्त्री ऋषि सुनाकले आज उक्त घोषणा गरेका हुन् । पब तथा रेष्टुरेन्ट जस्ता व्यवसायहरूमा पर्न गएको असरलाई मध्यनजर गर्दै सरकारले सो राहत प्याकेजको घोषणा गरेको हो ।

त्यस्तै, थिएटर तथा म्युजियमको लागि थप ३० मिलियन पाउण्ड रकम छुट्याइएको छ भने २५० जना भन्दा कम कामदार रहेका कम्पनीलाई कोरोनाका कारण हुने बिरामी बिदाको स्किम पनि लागू गरिने भएको छ ।