January 27, 2022, Thursday
२०७८ माघ १४
1:37:26 pm

समाजसेवी राजशान्ती दम्पतीको ‘जसलाई मैले’ पुरस्कृत

२०७८ कार्तिक २९

710

काठमाडौं । बेलायत निवासी समाजसेवी राजशान्ती सुनार दम्पतीले उत्कृष्ट गीतकारको अवार्ड प्राप्त गरेका छन् । लमजुङमा जन्मिएका समाजसेवी एवम् गीतकार राजकुमार सुनार र शान्ती सुनारले लेखेको गीत ‘जसलाई मैले’ ले गण्डकी म्युजिक अवार्ड– २०७८ अवार्ड प्राप्त गरेको हो ।

सोही गीतका संगीतकार बीबी अनुरागीले उत्कृष्ट संगीतकार र एरेन्जको अवार्ड प्राप्त गरेका छन् । पोखरामा हालसालै आयोजित नेशनल गन्डकी म्युजिक अवार्ड – २०७८ समारोहमा प्रमुख अतिथि गन्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले अनुरागीलाई अवार्ड हस्तान्तरण गरे ।

एकैपटक २ अवार्ड प्राप्त गरेको उक्त गीत राजशान्तीको पहिलो सिर्जना हो । गीतले छोरी र बुहारी दुवै बराबर हुन् , बुहारीलाई छोरी जस्तै व्यावहार गर्न सक्नुपर्दछ भन्ने सन्देश बोकेको राजकुमारले बताए ।

Advertisement

गीतले दाइजो प्रथालाई पनि समेटेको छ । उनीहरूले राजशान्ती फाउन्डेसन बेलायतमार्फत नेपाल नेपालीका लागि सहयोगी भूमिका खेल्दै आइरहेका छन् ।

समाजसेवी स्वर्गीय बाबुको प्रेरणाले नै आफू समाजसेवामा समर्पित भएको राजकुमार बताउछन् ।

अवार्ड जित्न सफल सुनार दम्पतीको गीतको म्युजिक भिडियो समेत बनाइएको छ । जसको निर्माण राजशान्ती फाउन्डेसन बेलायतले गरेको हो ।

स्वरूपा रसाइलीको स्वर रहेको सो गीतमा उत्साह घिमिरे र गौरब पहाडीको अभिनय रहेको छ । भिडियो निर्देशन भने समन अधिकारीले गरेका छन् ।