January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

बेलायतमा घरपालुवा कुुकुरमा पनि देखियो कोभिड, मालिकबाट सरेको पुष्टि

२०७८ कार्तिक २५

580

लन्डन । बेलायतमा घरपालुवा कुुकुरमा कोभिड संक्रमण देखिएको छ । बेलायतका पशु चिकित्सक कार्यलयका प्रमुखले यसको पुष्टि गरेका हुन् ।

जनावर तथा बनस्पति स्वास्थ्य निकाय (एपिएचए) को प्रयोगशालमा गरिएको परीक्षणपछि एउटा कुकुरमा कोभिड पुष्टि भएको हो । संक्रमित कुकुरको स्वास्थ्यमा सुधार भइरहेको छ ।

यसअघि सो कुकुरका मालिकलाई कोभिड पोजेटिभ देखिएको हुनाले मालिकबाट कुकुरमा कोभिड सरेको बताइएको छ । कुकुरमा अर्को कुनै जनाबरबाट संक्रमण सरेको आधार नदेखिएकोले मालिकबाट नै सरेको एपिएचएले जनाएको छ । घरपालुवा जनावरले सिधैँ मानिसलाई भाइरस सारेको कुनै प्रमाण नभेटिएको एपिएचका भेटनरी अधिकृत क्रिष्टाइन मिडलमिसले बताए ।

Advertisement

कोभिडबाट कुकुर संक्रमित भएको यो दुर्लभ घटना भएको र संक्रमित कुकुरमा कोभिडको लक्षण सामान्य देखिएको हुँदा केही दिनमै कुकुर निको हुने विज्ञहरुले बताएका छन् ।

महामारीसम्बन्धी बेलायतका विज्ञ केथरिन रुसेलका अनुसार कोभिड सामान्यतया एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ तर कहिलेकाही मानिसबाट जनाबरमा पनि भाइरस सर्छ । जनाबरलाई छोएपछि मानिसले नियमित साबुन पानीले हात धुनुपर्ने उनको सुझाव छ ।