September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

बेलायतमा १०८ औं विपी कोइराला जन्मजयन्ती

260

बेलायत । नेपाली जनसम्पर्क समिति बेलायतले १०८ औं विपी कोइराला जन्मजयन्ती मनाएको छ ।

सभापति युवराज गुरुङको सभापतित्व रहेको उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समितिका पूर्व सभापति विनोदराज मोक्तान, सल्लाहाकार नरकुमारी लिम्बु, केसबहादुर गुरुङ, शेरबहादुर सुनार, केन्द्रीय सभा सदस्य थर्क सेन र कार्यसमितिका धेरैजसो सदस्यहरूको उपस्थिति रहेको थियो ।

Advertisement

कार्यक्रममा बोल्दै सभापति युवराज गुरुङले बेलायतमा चुनावमा नतिजा आफ्नो पक्षमा ल्याउन हरेक वर्ष सदस्यता वितरण गर्ने गरिएको बताए । ‘जवजव चुनाव हुन्छ, तवतव आफ्नो पक्षमा नतिजा ल्याउनका लागि मात्रै धेरै मेम्वरहरू हरेक वर्ष वितरण गरिन्छ, जुन तितो तर सत्य हो,’ उनले भने ।

विपी जयन्ती मनाउनुअघि बसेको समितिको बैठकले नेपालमा रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले बेलायतबाट पठाएका क्रियाशिल सदस्यहरूको प्रमाणिकरण गरिसकेपछि नेपाली जनसम्पर्क समिति बेलायत युकेको अधिवेशन हुने निर्णय गरेको थियो ।