April 25, 2024, Thursday
२०८१ बैशाख १४
1:37:26 pm

सानासाना नानीहरुसँगै मनायो ब्रदर्स बेकरीले आफ्नो छैटौं स्थापना दिवस

1.8K

म व्यवसायलाई समाजसेवासँग जोड्न चाहन्छु: व्यवसायी एनसी राई

प्रकाश दिप्साली राई

नडाहा । लामो समयदेखि धरानमा संचालनमा रहेको ब्रदर्स बेकरी उद्योगले आफ्नो छैटौं बार्षिक उत्सव सानासाना नानीहरुसँग मनाएको छ । सो अवसरमा धरान उपमहानगरपालिका वडा नम्बर–१७ पटनालीस्थित ज्वालामुखी माध्यामिक विद्यालयमा अध्यनरत अति विपन्न परिवारका नानीहरुलाई न्यानो कपडा ट्रयाक शुट र अन्य शैक्षिक सामग्रीहरु वितरण गरेको हो । सो ट्र्याक सुट र शैक्षिक सामग्रीहरु कार्यक्रमका अतिथि सुवास वर्देवा, अनिष विष्ट र भरत बहादुर खत्रीको हातबाट प्रदान गरिएको थियो ।

विद्यालयका शिक्षक श्री गजेन्द्र भट्टराईले स्वागत मन्तव्य राखेसँगै सुरु भएको कार्यक्रममा विद्यालय संचालक समिति सदस्य श्री कृष्णप्रसाद लिम्बुले कार्यक्रम आफ्नो छैटौं वार्षिकोत्सव आफ्नो विद्यालयमा मनाउँदै विद्यालयका नानीहरुलाई न्यानो कपडाका साथमा शैक्षिक सामग्री प्रदान गरेकोमा ब्रदर्स बेकरी परिवार धरानलाई धन्यवाद ज्ञापन गरे ।

Advertisement

यस्तै बेकरीका संचालक व्यवसायी एनसी राईले बेकरीले आफ्नो स्थापना कालदेखि नै आफ्नो व्यवसायलाई समाजसँग जोड्दै आएको बताए । उनले भने ‘अझ उपमहानगर पालिकाभित्र रहेर पनि सेपमा रहेको विद्यालयलाई यसरी सहयोग गर्न पाउदा आनन्दित छु । यसअघिका वार्षिकोत्सवमा पनि ज्येष्ठ नागरिक,बर्ड–डे केकहरू बितरण गर्दै आएको थियो भने आफ्नो हरेक महिला ग्राहकहरुलाई निशुल्क सेफ्टी प्याडहरु वितरण गर्दै आएको छ । आगामी दिनमा यी कार्यहरुलाई निरन्तरता दिँदै जाने छु ।’

कार्यक्रमलाई सो विद्यालयका प्रधानाध्यापक गोपाल थापाले गरेका थिए भने विद्यालयका अभिभावकहरुको उल्लेख्य उपस्तिथि रहेको थियो ।