September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

कक्षा १२ काे परिक्षा नतिजा आज सार्वजनिक हुदै

610

काठमाडौँ – कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नका लागि बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ ।कोरोनाभाइरस महामारीका कारण गत मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । 

शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको थियो । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको थियो ।