November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रंग तथा कलाकर्मी घनश्याम गौतमको निधन

1K

काठमाडौं । रंग तथा कलाकर्मी घनश्याम गौतमको निधन भएको छ। गौतमको सोमबार राति निधन भएको उनको परिवारले पुष्टि गरेको छ।

रंगकर्मी गौतम विगत दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए। उनको भक्तपुर ताथलीस्थित काठमाडौं क्यान्सर अस्तालमा उपचारकै क्रममा निधन भएको हो।

४३ वर्षीय कलाकर्मी गौतमले मेरी बास्सै टेली शृंखलामा लामो समय अभिनय गरेका थिए। हातेमालो सञ्चारमार्फत रंगक्षेत्रमा सक्रिय गौतम सडक नाटक, रेडियो नाटक, कचहरीका लागि समेत उत्कृष्ट कलाकार मानिन्थे।

Advertisement

उनी अभियान थिएटरमा पनि सक्रिय थिए। यसका अतिरिक्त उनी विभिन्न स्कुलहरूमा पनि अभिनय सिकाउने गर्दथे।