काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षक र प्रहरीबीचको झडप दु:खदभएको बताएका छन् ।
सामाजिक संजालमा लेख्दै उनले झडप दु:खद र चिन्ताजनक भएको बताएका हुन् ।
महामन्त्री थापाले लेखेका छन्, ‘विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रूपमा भेला भएका शिक्षकहरू र सुरक्षाकर्मीहरूबीच भएको झडप दुःखद् र चिन्ताजनक छ । लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व हो ।’
शान्तिपूर्ण आन्दोलनमा सहभागी शिक्षकहरू, सुरक्षाकर्मी र पत्रकारहरू घाइते हुनु कुनै पनि हिसाबले उचित हुन नसक्ने भन्दै उनले घाइते सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी र पत्रकारहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
उनको थप भनाइ छ, ‘राज्यसँग आग्रह छ – शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ । आन्दोलनरत शिक्षकहरुसँग भएको विगतको सहमतिको आधारमा निर्णय गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा फर्कने वातावरण बनाउनमा नै हामी सबैले काम गर्नु पर्ने छ, त्यही गरौं ।’