काठमाडौं । एमाले सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा बुधबार नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् । शिक्षामन्त्री पन्तको शपथ र पदभार ग्रहण बिहीबार हुनेछ ।
एमालेबाटै शिक्षामन्त्री बनेकी विद्या भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको असहयोग र उपेक्षाका कारण सोमबार राजीनामा दिएपछि पद रिक्त भएकोमा पन्तलाई नियुक्त गरिएको हो ।
कांग्रेस सांसद ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङ भने बुधबारै बर्खास्त भएका छन् ।