February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह

835

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन आग्रह गरेकी छिन् ।

मन्त्री श्रेष्ठले सरकारले हरेक वर्ष निःशुल्क पाठ्यपुस्तकका लागि रकम विनियोजन गर्दै आएकोमा परिवर्तन नभएका पुस्तक पुनः प्रयोग गर्न सकिए उत्पादन र वितरणमा लाग्ने रकम बचत भई छात्रवृत्तिमा लगाउन सकिने बताएकी हुन् ।

कतिपय सामुदायिक विद्यालयको कक्षामै पुगेर पुस्तक पुनः प्रयोगबारे मन्त्रीले बुझाउने कार्यक्रम तय भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

Advertisement