February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

सिरहामा बाहिरियो नेपाली विषयको प्रश्नपत्र, पुग्यो चिट बनाउने टोलीको हातहातमा

2.1K

विराटनगर । सिरहामा एसईईको नेपाली विषयको प्रश्नपत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेट पछि नै चिट बनाउने टोलीको हातहातमा प्रश्नपत्र पुगेको हो ।

स्रोतका अनुसार चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एकथान प्रश्नपत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको हो। त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा छ्यापछ्याप्ती बनाइएको छ । 

परीक्षा हल वरिपरि फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरू सक्रिय देखिएका छन् । उनीहरूको हातहातमा आजको नेपाली विषयको प्रश्न पत्र पुगेको छ ।  

Advertisement