November 28, 2023, Tuesday
२०८० मंसिर १३
1:37:26 pm

शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल सकियो, सांसदहरुको प्रश्नको जवाफ अर्को बैठकमा

550

काठमाडौं । प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ । शुक्रबार भएको छलफलमा सांसदहरुले प्रस्तावित विधेयकले संविधानको मर्म र भावना बोके नबोकोको विषयमा धारणा राखेका छन् ।

संविधानमा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क भनिएको छ । माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुने भनेको छ । यो कार्यान्वयन नहुने गरी विधेयक आएको सांसदहरुको टिप्पणी छ ।

८५ जना सांसदले भाग लिएको उक्त छलफलमा आधारभूत र माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको एकल अधिकार क्षेत्रभित्रको विषय भएको तर सरकारले केन्द्रिकृत सोचबाटै विधेयक ल्याएको भनेर संशोधनको खाचो औंल्याएका छन् ।

Advertisement

शिक्षकहरुसँग भएको सहमति कार्यान्वयनको सुनिश्चितता पनि खोजेका छन् । शैक्षिक वेरोजगारलाइ ख्याल गर्नुपर्नेनमा जोड दिइएको छ ।

सभामुख देवराज घिमिरेका अनुसार सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ अर्को बैठकमा दिनेछन् । प्रतिनिधि सभाको अर्को बैठक दुई दिनपछि अर्थात, असोज २१ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।