December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

आईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षित

790

काठमाडौं । इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस (आईसीएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थीहरूलाई दिक्षित गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उनीहरूलाई दिक्षित गरिएको हो ।

दिक्षित विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले दिक्षित गरेका हुन् । कार्यक्रममा बोल्दै कार्यवाहक महालेखा परीक्षक काफ्लेले यस दिक्षान्त समारोहमा दिक्षित भएका विद्याथीहरूलाई बधाई दिएका थिए ।

त्यस्तै दिक्षित विद्याथीहरूलाई बधाई दिँदै नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष सिए. सुजन कुमार काफ्लेले यो कोर्ष कस्ट एनालाइसिस गर्न भूमिका खेल्न सहयोग बताए ।

Advertisement

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरजकृष्ण वैद्यले लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपाली दाजुभाइलाई थप दक्ष बनाउन आईसीएमए अस्ट्रेलियालाई महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा नेपालका लागि आईसीएमए अस्ट्रेलियाका क्षेत्रिय निर्देशक कुमार प्रसाद खतिवडाले विश्वव्यापी रुपमा अभ्यास भइरहेको लेखा तथा व्यवस्थापन विषयको अध्ययन अध्यापन नेपालमा समेत भित्र्याउन सक्नु निकै गौरवको कुरा भएको बताए ।

दिक्षित भएकी विद्यार्थी प्रमिला थापाले आईसीएमए अस्ट्रेलियाले लेखा तथा व्यवस्थापन क्षेत्रमा हामीलाई थप दक्ष बनाउन सहयोग गरेको धन्यवाद दिएकी थिइन् ।

दिक्षान्त समारोह अघि सम्पन्न भएको दुई दिने कार्यशाला गोष्ठीमा नेपालमा सीएमए शिक्षाको प्रभावकारिता र महत्वको बारेमा छलफल गरिएको थियो ।

कार्यशाला गोष्ठीमा पूर्व अर्थसचिव रामेश्वर खनाल तथा भारतबाट आएका आईसीएमए विज्ञहरूले सीएमए शिक्षाको अवस्था, आवश्यकता, प्रभावकारिता र महत्व लगायतको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

के हो सीएमए कोर्ष ?
विश्वव्यापी रुपमा अभ्यास गरिने लेखा तथा व्यवस्थापन विषयको अध्ययन अध्यापन हो । यसलाई विश्वमा शैक्षिक क्षेत्रमा उच्च उपाधिका रुपमा लिइन्छ । सीएमए अध्ययनको लागि व्यवस्थापन तथा वाणिज्य संकायमा स्नाकोत्तर उतीर्ण गरी कम्तीमा ५ वर्षको व्यवसायिक अनुभव आवश्यक पर्छ । यस कोर्षको अवधि तीन वर्षको हुन्छ ।

नेपालमा सीएमए अस्ट्रेलियाको अध्ययन अध्यापन सुरु भएको ५ वर्ष पुगेको छ । ५ वर्षको समयमा सीएमए प्रोग्रामले म्यानेजमेन्ट एकाउन्ट मात्र तयार गरेको छैन, यसले नेपालमा लेखा विज्ञहरूको लागि नयाँ ढोका पनि खोलिदिएको छ । अब नेपाली व्यवसायिक जगतमा फाइनन्सीयल एकाउन्टेन्टस मात्र होइन म्यानेजमेन्ट एण्ड कस्ट एकाउन्टेन्ट पनि त्यतिकै अपरिहार्य छ, भन्ने कुरा यो प्रोग्रामको लोकप्रियताबाट स्पष्ट भइसकेको छ ।

विश्वमा सीएमएका थुप्रै प्रोग्रामहरू लागू भएका छन । खास गरी अमेरिका, बेलायत र अस्टे्रलियाको सीएमए प्रोग्रामहरू विश्व बजारमा चिनिएका प्रोग्रामहरू छन् । कुनै इन्स्च्यिुटले कस्ट एण्ड म्यानेजमेन्ट एकाउन्टेन्टलाई सीएमए भन्छन, कसैले सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टलाई सीएमए भन्छन् । नेपालमा चलिरहेको रहेको प्रोग्राम भनेको चाहिँ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टको प्रोग्राम हो । यो इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्स (आईसीएमए) अस्ट्रेलियाले नेपालमा संचालन गरेको कार्यक्रम हो ।