काठमाडौं । सरकार र आन्दोलनरत राहतका शिक्षकहरूबीच ५ बुँदे सहमति भएको छ । शुक्रबार शिक्षा मन्त्रालयमा सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएसँगै शिक्षकहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका राहतलगायतका शिक्षकहरु १० दिनयता आन्दोलनमा उत्रेका थिए । सरकारले गत शुक्रबार शिक्षक महासंघसँग सहमति गरेपनि आफूहरुको माग सम्बोधन नभएको भन्दै राहतले आन्दोलन जारी राखेका थिए ।
आन्दोलनरत पाँच वटा संगठनसँग सरकारले अलग–अलग वार्ता गरेर सहति गरेको हो बताइएको छ ।