काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई मुस्लिम समुदायका अगुवाहरूले शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० मा मदरसा शिक्षा प्रति अन्याय भएको भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।
उनीहरूले विधेयकमा मदरसा शिक्षाका केही कुराका सम्बोधन भएपनि अपूर्ण रहेको भन्दै ध्यानाकर्षण गराएका हुन्। विधेयकमा मदरसा शिक्षा प्रति अन्याय भएको भन्दै आवश्यक संशोधनका लागि नेपाल सरकारसँग अनुरोध गरिदिन अनुरोध गरिएको छ ।
ज्ञापनपत्र बुझाउन सांसद खालिद सिद्दिकी, कल्पना मियाँ सहित मौलाना अजिजुल रहमान नेपाल हज समितिका पूर्वअध्यक्ष तथा मुस्लिम इत्तेहादसंगठनका अध्यक्ष ताज मोहम्मद मियाँ लगायत विभिन्न मुस्लिम भातृ संगठन र सामाजिक संघ संस्थाका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशको एकता र स्वाभिमानमा मुस्लिम समुदायको महत्वपूर्ण योगदान भएको चर्चा गर्दै उचित र जायज मागहरूलाई सरकार र सम्बन्धित मन्त्रालय समक्ष पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।