December 3, 2023, Sunday
२०८० मंसिर १७
1:37:26 pm

सडकमा लम्पसार परेर राहत शिक्षकहरुको प्रदर्शन

550

काठमाडौं । आन्दोलनरत राहत शिक्षकहरुले सडकमा लम्पसार परेर प्रदर्शन गरेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा सुतेर मौन प्रदर्शन गरेका हुन् ।

गत असोज ७ गते भएको नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौतामा आफुहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए ।

सत प्रतिशत स्थायीको माग राख्दै आएका उनीहरुले उक्त सम्झौतामासरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरूको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरूले प्रदर्शनलाई निरन्तरता दिएका हुन् । शिक्षक महासंघले आफूहरूको माग पूरा नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताए ।

Advertisement

उनीहरूले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरू आफूहरूसँग आन्दोलनमा रहेको बताएका छन् ।