December 3, 2023, Sunday
२०८० मंसिर १७
1:37:26 pm

राहत शिक्षकहरूले आज सडकमा लम्पसार सुतेर आन्दोलन गर्ने

530

काठमाडौं । राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै शिक्षकहरूले आज सडकमा सुतेर आन्दोलन गर्ने भएका छन् । आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो सडकमै लम्पसार सुतेर आन्दोलन गर्ने भएका हुन् ।

सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाउन लागेका उनीहरूको भनाइ छ । उनीहरु दिउँसो १२ बजेतिर सडकमा आधा घण्टा लम्पसार लाश बनेर पल्टिने बताएका छन् ।

गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । सत प्रतिशत स्थायीको माग राख्दै आएका उनीहरुले उक्त सम्झौतामा आफुहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए ।

Advertisement