काठमाडौं। शिक्षा विधेयकको विरोधमा आन्दोलित शिक्षकहरू काठमाडौंको माइतीघर आइपुगेका छन् । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरु आन्दोलनका लागि काठमाडौँ आएका हुन् ।
नेपाल शिक्षक महासंघको अगुवाइमा काठमाडौं आइपुगेका शिक्षक कर्मचारीहरू आफूहरुको माग सम्बोधनका लागि सरकारलाई बाध्य पारिने बताए ।महासङ्घले सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका विभिन्न १८ बुँदे असहमति राखेका छन् ।
ती माग पुरा नभएसम्म आन्दोलन नरोकिने महासंघको भनाइ छ । महासंघका अनुसार बुधबार माइतीघरमा भेला भएका शिक्षकहरु जुलुससहित नयाँ बानेश्वर पुग्ने कार्यक्रम छ । त्यहाँ वृहद कोणसभा हुनेछ ।