November 28, 2023, Tuesday
२०८० मंसिर १३
1:37:26 pm

विश्वविद्यालयमा हड्टाल र तालबन्दी गरे सरकारले हस्तक्षेप गर्ने

785

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले विश्वविद्यालयमा हड्टाल र तालबन्दी गरे सरकारले हस्तक्षेप गर्ने बताए । विश्वविद्यालयमा हुने गैर–प्राज्ञिक गतिविधिको अन्त्य हुनुपर्ने र त्यस्ता गतिविधि भए सरकारले हस्तक्षेप गरी नियन्त्रणमा लिने बताएका हुन् ।

आईतबार विश्वविद्यालय समन्वय समितिको बैठकमा बोल्दै उनले भने, ‘विश्वविद्यालयमा हुने बन्द, हड्ताल र तालाबन्दीको अन्त्यका लागि राजनैतिक सहमति बनाउनुपर्छ, संलग्न सबै पक्षलाई अपील गर्नुपर्छ, त्यसो हुन सकेको खण्डमा हस्तक्षेप समेत गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । त्रिभुवन विश्वविद्यालय लगायत विश्वविद्यालयमा महिनौंसम्म तालाबन्दी हुँदै आएको छ ।’

बैठकमा सहभागी ११ वटा विश्वविद्यालयका उपकुलपतिहरुले तालान्दी र अराजक गतिविधिहरुको अन्त्य गर्न सरकारले पहल गर्नुपर्ने धारणा राखेका थिए ।

Advertisement

उपकुलपतिहरुसँग गृहमन्त्रीले उच्चशिक्षामा लगानी बढाउनुपर्ने र अनुसन्धान संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले तालाबन्दी, गैरराजनीतिक गतिविधिका कारण उच्चशिक्षामा अराजकता मौलाएको टिप्पणी गरे । त्यसको अन्त्यका लागि राजनीतिक दलबीच सहमति गरेर अघि बढ्नुपर्ने उनको सुझाव थियो ।