December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने बोर्डको तयारी

795

काठमाडौं । यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको जनाएको छ ।

आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको र यदि प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्ने, अन्यथा आजै नतिजा सार्वजनिक गरिने बोर्डले जनाएको छ ।

परीक्षामा देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।

Advertisement

नतिजा हेर्नका लागि कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.meb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।