काठमाडौं । सरकार गैरजिम्मेवार भएको भन्दै काठमाडौंको थापाथली क्याम्पस स्ववियुले प्रदर्शन गरेको छ। स्ववियुले शुक्रबार क्याम्पस अगाडि प्रदर्शन गरेको हो।
सरकारले झुटा आशा देखाउने र जनतालाई निराश बनाउने गरेको उनीहरूको आरोप छ।
उनीहरूले ‘त्रिवि रोज्ने कि त्रिभुवन विमानस्थल?’ भन्ने प्रश्न गर्दै प्रदर्शन गरेका हुन् ।