काठमाडौं । समाजवादी बिद्यार्थी युनियन केन्द्रीय समितिले खबरदारी सभा राख्ने भएको छ । २०२८ सालको पञ्चायती शिक्षा ऐन खारेज गरि तत्काल नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै युनियनले खबरदारी सभा राख्ने भएको हो ।
आयोजकका अनुसार खबरदारी सभा आज (बुधबार) दिउँसो ४ बजे माइतीघर मण्डलामा बस्ने छ ।
देशमा संघीय गणतन्त्र आइसक्दा पनि पंचायतकालीन २०२८ शिक्षा ऐन नगएको भन्दै विभिन्न बिद्यार्थी संगठनहरूले नयाँ शिक्षा ऐन जारी गर्न दबाब दिँदै आइरहेका छन्। आजसम्म पनि उही पंचायतकालीन शिक्षा ऐनले शिक्षाक्षेत्र चल्नु विडम्वना भएको उनीहरूको ठम्याइ छ ।
यसअघि पनि अखिल क्रान्तिकारीले तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलसँग नयाँ शिक्षा ऐन तत्काल जारी गर्न जोडदार माग र ध्यानकर्षण गराएको थियो ।