July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

गुणस्तरीय शिक्षा प्रदान गराउने जोड दिँदै विद्यालय व्यवस्थापन अध्यक्ष पोमू

1.3K

मोरङ । उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोलिम पोमुले गुणस्तरिय शिक्षा प्रदानमा जोड दिएका छन् ।

२०२५ सालमा स्थापना भएको राधिकामा शिशु कक्षादेखि १२ कक्षासम्म र प्राविधिकतर्फ कृषि बिषयको पढाई हुँदै आएको छ । यस विद्यालयमा २ हजार भन्दा बढी अध्ययनरत रहेका छन् । शुक्रबार नेपाली माध्यम ९ र १० मा अध्ययनरत विद्यार्थीहरुसँग छलफल गर्नुभएको छ । विद्यालयमा रहेका कक्षा कोठा, पठनपाठन, यातायात साधन,चमेना गृह, नर्सिङ सेवा, कोचिङ कक्षा,लेखा व्यवस्था, चमेना गृह, शौचालय, अतिरिक्त क्रियाकलापलगायतको विषयमा विद्यार्थीहरुसँग छलफल भएको अध्यक्ष पोमुले जानकारी दिए ।

विद्यालयलाई सु–व्यवस्थित र शैक्षिक हवका रुपमा निर्माण गर्नका लागि लागि परेको प्रधानाध्यापक कुमार पोख्रेलले जानकारी दिए । जिम्मेवार शिक्षक, अनुशासित विद्यार्थी र अभिभावको निरन्तर सहयोग तथा निगरानीका कारण विद्यालयको शैक्षिक सुधार सम्भव भएको पोख्ररेलको भनाई छ । वर्षेनी दुई÷तीन सय विद्यार्थी निजी विद्यालय छाडेर आफ्नो विद्यालयमा आउने गरेको र विद्यालयमा ५ कक्षादेखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुँदै आएको छ । शिशु कक्षादेखि कक्षा ४ सम्म बेग्लै ब्लक छ ।

Advertisement

कक्षा ११ र १२ मा , मानविकी, व्यवस्थापन, शिक्षा, बाली विज्ञान, कानुन र विज्ञानको पढाइ भइरहेको विद्यालयले जनाएको छ । २०६६ सालदेखि उच्च मावि तहको पढाइ सुरु भएको थियो । शिक्षा विभागले ल्याएको एक निर्वाचन क्षेत्र एक नमूना विद्यालय कार्यक्रममा यो विद्यालय पनि छनोट भएको थियो ।

जिल्ला स्तरमा सञ्चालन हुने विद्यालयस्तरीय खेलकुद, सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरुमा समेत सो विद्यालयले राम्रो नतिजा ल्याउँदै आएको छ ।

। कोशी प्रदेश सरकारको सहयोगमा १ जना विद्यालय नर्सको ब्यवस्थापन र विद्यालयले खेलकुदलाई प्रोत्साहन गर्न छुट्टै खेल शिक्षकको व्यवस्था गरेको छ । विद्यालयमा रहेको हेल्थ डेस्कले विद्यार्थीको सामान्य स्वास्थ्य परीक्षण, अत्यावश्यक औषधि वितरण तथा स्वास्थ्य सरसफाइ र महिनावारी भएको बेला सहयोग गर्ने गरिएको छ ।