काठमाडौं । अनेरास्ववियू केन्द्रीय कमिटीको आयोजनामा नेपालमा विश्वविद्यालयको अवस्था, सम्भावना र चुनौती विषयक बिचार गोष्ठी सम्पन्न भएको छ । बुधबार काठमाडौंमा भएको विचार गोष्ठीमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा पूर्व शिक्षा मन्त्री डा. गङ्गालाल तुलाधर रहेका छन् ।
कार्यक्रमका अन्य अतिथिहरूमा पार्टी पोलिटब्युरो सदस्य तथा विद्यार्थी फाँट इन्चार्ज राम कुमार भट्टराई, राष्ट्रीय योजना आयोग सदस्य डा. रमेश पौडेल, खुला विश्वविद्यालयका डिन डा. खगेन्द्र प्रसाईं, एकीकृत प्राध्यापक संघका अध्यक्ष डा. गोविन्द सुवेदी, संस्कृत विश्वविद्यालयका उप प्राध्यापक डा. ऋषिराम अधिकारी, पूर्वाञ्चल विश्वविद्यालयका प्रतिनिधि शिवहरी मरहठ्ठा सहितका विषय विज्ञहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यार्थी संगठनका सहयात्रीहरु अखिल क्रान्तिकारी उपाध्यक्ष नरेश रेग्मी, अखिल क्रान्तिकारी विप्लवका सचिव प्रकाश सि, नेविसंघ प्रतिनिधि तथा टीयू स्ववियु सभापति श्याम राज ओझा, अनेरास्ववियु प्रतिनिधि तथा टीयू स्ववियु सचिव सिद्धान्त भट्ट, समाजवादी विद्यार्थी आन्दोलनका संयोजक संघर्ष दाहाल, अखिल छैटौं प्रतिनिधि लगायत विद्यार्थी नेताहरुको सहभागिता भएको थियो । अनेरास्ववियूका कार्यवाहक अध्यक्ष हिरेन्द्र शाहीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।