बिराटनगर । दिल्ली पब्लिक स्कुल, (डीपीएस) विराटनगरको आयोजनामा ‘विद्यार्थीसँग प्रदेश प्रमुख’ कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न उक्त कार्यक्रममा प्रदेश १ का प्रमुख परशुराम खापुङ र विद्यार्थीबीच प्रश्नोतर भएको थियो ।

कार्यक्रममा प्रदेश प्रमुखले आफ्ना बाल्यकाल, प्रारम्भिक शिक्षा, उच्च शिक्षा, शिक्षण सेवा, राजनीतिक यात्रा तथा हाल प्रदेश प्रमुखबारे सम्मका अनुभूति साटेका थिए । कक्षा ४ देखि १० कक्षा सम्मका विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रश्न प्रदेश प्रमुखज्यूलाई गरेका थिए । प्रश्नहरु प्रमुखज्यूको शिक्षा, नेपालको विविधता, राजनैतिक अवस्थाबारे उठाएका थिए ।

स्कुलका प्रिन्सिपल बिबि लिम्बूले स्कुलको अतिरिक्त कक्षाका साथै यस्ता कार्यक्रमहरु पनि नियमित रुपमै गरिरहने बताएका थिए । प्रदेश प्रमुखज्यूसँग यस्तो कार्यक्रम गर्न पाएको स्कुलले गर्व गर्न पाएकोसमेत प्रिन्सिपल लिम्बूले बताए ।
