पाँचथर । च्याङ्थापु फलैंचा सरोकार समाज नेपालको दोस्रो वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । समारोह अध्यक्ष शरद कुमार अधिकारीको अध्यक्षतामा विहीबार विष्णु माध्यमिक विद्यालय च्याङ्थापुमा भव्यताका साथ सम्पन्न भएको हो ।
प्राडा गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यता रहेको उक्त समारोहमा विशिष्ट अतिथिहरु याङ्वरक गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्वो र वरिष्ठ लोकगायक तथा संगीतकार जितेन राई रहेका थिए भने विशेष अतिथिहरु च्याङ्थापु, फलैंचा र ओयामका वडाध्यक्षहरु क्रमशः राजेन्द्र खालिङ, देउकुमार योङ्हाङ, बिमल राई, डा अञ्जना वस्ती, कमलराज भट्टराई, नारायण फुयाल, शान्तिदेवी राई, विष्णु माविका प्रधानाध्यापक गंगाप्रसाद खरेल, गुप्तेश्वर मावि ओयामका प्रधानाध्यापक मनोज राई, नवगायीका पृतिका बेघा लगायत रहेका थिए ।
समारोहमा विभिन्न पार्टी प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न क्लबका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरु, शिर्षदाता लगायत अन्य दाताहरु, च्याङ्थापु, फलैंचा लगायत छिमेकी गाउँका समाजसेवी व्यक्तित्वहरु, विद्यार्थीहरु र अन्य शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुद्धारा संस्थाको स्मारिका ‘सरोकार समाज स्मारिका–२०७९’ विमोचन गरिएको थियो भने च्याङ्थापु र फलैंचाका कक्षा ८ सम्मका छात्रछात्रहरुबीच अन्तर विद्यालय नृत्य प्रतियोगिता पनि गराइएको थियो । प्रतियोगितामा नारायणी माध्यमिक गंगावा प्रथम, रकबेल्ट अंग्रेजी स्कुल द्धितीय र च्याङ्थापु विष्णु माध्यमिक विद्यालय तेस्रो भएको थियो । विजेताहरुलाई पुरस्कार ट्रफी, नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस्तै, विष्णु माध्यमिक विद्यालयको कक्षा ११ का २ र १२ का २ जना गरी जम्मा ४ जना विद्यार्थीहरुलाई जनही ३,६०० को छात्रवृत्ति प्रदान गरिएको थियो भने समाजसेवी भानु खरेलले व्यक्तिगत रुपमा होस्टेलका २१ जना नानीबाबुहरुलाई जुत्ता मोजा वितरण गर्नुका साथै कक्षा १२ मा अध्ययनरत १ जनालाई रु. ३,६०० हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा वरिष्ठ लोकगायक तथा संगीतकार जितेन राई र गायिका प्रितिका बेघाले गीत गाएर मनोरञ्जन दिएका थिए ।