March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

नारायण भागीरथी सेवा सम्मान–२०७९ हरिडिलभूमि माध्यमिक विद्यालयलाई

1.8K

वीरेन्द्रनगर । नारायण भागीरथी सेवा सम्मान–२०७९ हरिडिलभूमि माध्यमिक विद्यालयलाई प्रदान गरिएको छ । बुधबार हरिडिलभूमि सुर्खेत वीरेन्द्रनगर ३ मा एक कार्यक्रमको आयोजना गरी उक्त सम्मान प्रदान गरिएको हो ।

सम्मान स्वरुप नगद १५ हजार र सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । उक्त सम्मान प्रदान गर्दै प्रमुख अतिथि सुर्खेत बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख माधवप्रसाद खनालले पितृप्रति श्रद्धा र सम्मान अर्पण गरिने नयाँ किसिमको यो कार्यक्रम शैक्षिक जागरण र सामाजिक सेवाको प्रशंसनीय उदाहरण भएको बताए ।

समाजका संरक्षक प्राडा जीवेन्द्र देव गिरीले सुर्खेत उपत्यकाका विभिन्न विद्यालय, पुस्तकालय, वृद्धाश्रम र बालविकास संस्था तथा लोकवार्ता परिषद्, नेपाल लगायत बाह्रओटा सङ्घसंस्थालाई यो सम्मान प्रदान गरिसकिएको जानकारी दिँदै केही महत्त्वपूर्ण कृति प्रकाशन र विद्यालयलाई शैक्षिक सामग्री पनि संस्थाबाट उपलब्ध गराइएको जानकारी दिए । यस्तै, विद्यालयका प्रधानाध्यापक इन्द्रा हमालले समाजबाट विद्यालय सम्मानित भएकोमा खुशी व्यक्त गरे ।

Advertisement

कार्यक्रममा वीरेन्द्रनगर वडा नं.३ का तर्फबाट वडा सदस्य सरस्वती थापा रोकायले शुभकामना व्यक्त गरेकी थिइन् भने समाजका अध्यक्ष गोपालदेव गिरीले संस्थाले निकट भविष्यमा पुस्तकालयसमेत सञ्चालन गर्न लागेको जानकारी दिए । कार्यक्रममा स्वागत भाषण लक्ष्मणदेव गिरीले, धन्यवाद ज्ञापन डिलाराम गिरीले र सञ्चालन हुपेन्द्र प्रसाद गिरीले गरेका थिए । कार्यक्रममा प्राध्यापक, शिक्षक, साहित्यकार, कलाकार, समाजसेवी, राजनीतिकर्मी र स्थानीय महानुभावहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।