May 27, 2024, Monday
२०८१ जेष्ठ १४
1:37:26 pm

सीटीईभीटीमा तीन विद्यार्थी संगठनद्वारा तालाबन्दी

1.6K

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीको भक्तपुरस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ।परीक्षा सकिएको ३ महिनाभित्रै नतिजा सार्वजनिक लगायतका माग राख्दै तीन विद्यार्थी संगठनले तालाबन्दी गरेको हो ।

सत्तारुढ नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त रुपमा तालाबन्दी गरेको विज्ञप्तिमा उल्लेख छ । सीटीईभीटीलाई पटकपटक ध्यानार्कषण गराउँदा पनि कुनै सुनुवाई नभएकाले तालाबन्दी गरिएको विद्यार्थी संगठनले जनाएका छन् ।

विद्यार्थीले गुणस्तर प्राविधिक शिक्षाका लागि अनुगमनलाई प्राथमिकता दिनुपर्ने माग समेत गरेका छन् । सरकारी कलेजलाई प्राथमिकता दिएर सम्बन्धन वितरण गर्नुपर्ने, सीटीईभीटीबाट उत्पादित जनशक्तिलाई विशेष व्यवस्था गरेर रोजगारीको अवसर दिने वातारण बनाउनुपर्ने माग अघि सारिएको छ ।

Advertisement

सीटीईभीटीले हचुवाका भरमा शैक्षिक संस्थाहरूको स्तरवृद्धि गरेको आरोप समेत विद्यार्थीले लगाएका छन् । ‘हचुवाको भरमा अपग्रेडिङ भएको हुँदा अनुगमनको मापदण्डको आधार लागू गरिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नयाँ सम्बन्धन वितरण आर्थिक चलखेल र राजनीतिक पहुँचका आधारमा नभई मापदण्डको आधारमा हुनुपर्छ ।’

सीटीईभीटीले समयमा नै नजिता सार्वजनिक नगर्दा विद्यार्थी रोजगारी र उच्चशिक्षा अध्ययन गर्नबाट समेत वञ्चित भएको विद्यार्थी नेताहरूको गुनासो छ ।

सीटीईभीटीले निवेदन दिएर बसेका कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएको छ ।