November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

च्यारिटीद्वारा कतारमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

2.4K

शारदा भुजेल

दोहा । कतारको परोपकारी संस्था कतार च्यारिटीद्वारा नेपाली समुदायका कतारमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

च्यारिटीद्वारा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारलाई प्राप्त शैक्षिक सामाग्री कतारमा अध्ययनरत ५४ जना नेपाली विद्यार्थीहरूलाई वितरण गरिएको एनसीसी कतारले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

Advertisement

च्यारिटीद्वारा सोमबार प्राप्त ६५ सेट डेस्कटप कम्प्युटर (सिपियू मनिटर, किबोर्ड र माउस) सोमबारनै एनसीसीद्वारा ५४ विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको हो ।

११ जना विद्यार्थीहरूको ११ वटा कम्प्युटरसेट भने उक्त विद्यार्थीहरू कतार बाहिर रहेका कारण पछी हस्तान्तरण गरिने एनसीसीले जनाएको छ ।