April 19, 2024, Friday
२०८१ बैशाख ७
1:37:26 pm

नेत्रहिन युवा संघको आयोजनमा अन्तर कलेज वक्तृत्वकला प्रतियोगितामा सम्पन्न

3.7K

काठमाडौं । नेत्रहिन युवा संघ नेपालले अन्तरराष्ट्रिय युवा दिवसको असर पारेर आयोजना गरेको अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कान्तिपुर इन्टरनेश्नल कलेज बिराटनगरकी छात्रा कृपा करुणा पोखरेल प्रथम भएकी छन् ।

‘राजनीतिमा युवा, समावेशीता राजनीति र अपाङ्गता, मेरो भोट मेरो भविष्य’ भन्ने विषयमा भएको वक्तृत्वकला १५ प्रतिस्प्रर्धीलाई पछि पार्दै पोखरेल बिजयी भएकी हुन् ।

भौतिक तथा भर्चुअल माध्यमबाट सम्पन्न प्रतियोगितमा ९३ प्रतिस्पर्धीबाट १५ जनाले अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । देशभरीबाट भएको प्रतियोगितामा १५ जना विद्यार्थीहरु सहभागी थिए । काठमाडौ युनिर्भसीटीका सन्दीप थापा द्वितिय , जया मल्टीपल कलेजका सुग्यानी बिक बिरेन्द्र तृतीय भएका थिए भने नेश्नल कलेज धुम्बाराहीका सौगात वाग्ले, मेहेन्द्र मल्टीपल कलेजी छात्र बिनिता मुल्ली सतारले सान्त्वना पुरुस्कार प्राप्त गरेका थिए ।

Advertisement


वक्तृत्वकलाको निर्णायक मण्डलमा बबिता बस्नेत, धिरेन्द्र प्रेमर्षि, रमेश प्रसाई रहेका थिए ।

प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रु १५ हजार, १० हजार र ५ हजार यस्तै, सान्तवना पुरुस्कार २ हजार सँगै पुस्तक र प्रमाणपत्र प्रदान गरीएको थियो । त्यस्तै प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र र पुस्तक दिइएको थियो ।

नेपाल नेत्रहिन युवा संघका अध्यक्ष कलानिधी भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संञ्चालन नेत्रहिन युवा संघका महासचिव राम गरैले गरेका थिए ।